शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिने समयमा उपस्थित हुन नसकेको भन्दै सांसदद्वयलाई समाजवादीका पक्षमा सनखत गराएको थिएन।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाण्डाैंं– सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सहयोग नगरेको आरोप लगाउँदै सांसदद्वय सर्वोच्च पुगेपछि न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश जारी गरेको हो। 

दुवै सांसदलाई भदाै २९ गतेसम्म कारबाही नगर्न सर्वोच्चले एमालेलाई आदेश दिएको छ भने निर्वाचन आयोगलाई कारणदेखाउ आदेश जारी गरेको छ। २९ गते दुवै पक्षलाई सर्वोच्चले छलफलमा समेत बोलाएको छ। यसपछि मात्र अन्तरिम आदेश जारी  गर्ने नर्ने विषयमा निर्णय गरिने सर्वोच्कको आदेशमा उल्लेख छ। 

नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिने समयमा उपस्थित हुन नसकेको भन्दै सांसदद्वयलाई समाजवादीका पक्षमा सनखत गराएको थिएन। 

प्रकाशित: Sep 12, 2021| 16:16 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...