काठमाडौं- संसद् बैठकमा एमालेका सांसदहरूले दिनहुँ अवरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई सोमबार उनले छलफलफमा बोलाएका हुन्।
आफ्नो दलले कारबाही सिफारिस गरेका १४ सांसदको सभामुखले कारबाही नगरेको भन्दै एमाले संसद्मा लगातार विरोधमा छ।
संसद्को अवरोध खुलाउन यसअघि पनि सभामुखले पटकपटक सत्ता पक्ष र विपक्षका दलसँग छलफल गर्दै आएका छन्।