शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेमा १० बुँदे जस्ताको त्यस्तै लागु नहुने, ओलीले भने- सुदूरपश्‍चिमको इन्चार्ज लेखराज, रावल उपाध्यक्ष

एमालेमा १० बुँदे जस्ताको त्यस्तै लागु नहुने, ओलीले भने- सुदूरपश्‍चिमको इन्चार्ज लेखराज, रावल उपाध्यक्ष

पार्टी एकताको नाममा अन्तिम समयमा माधव नेपाल समूहको साथ छोडेका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले इन्चार्जको जिम्मेवारी दिन अस्वीकार गरेका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं - पार्टी एकताको नाममा अन्तिम समयमा माधव नेपाल समूहको साथ छोडेका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले इन्चार्जको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। पार्टी अध्यक्ष ओलीले यसअघि गरेको १० बुँदे सम्झौताको पालना गर्ने बताउँदै आएपछि नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने बताइए पनि त्यो कार्यान्वयन भने नभएको पाइएको हो।

पार्टी अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन गर्दै पार्टीलाई ०७५ जेठ २ मा फर्काउने बताएपछि सुदूरपश्‍चिमको इन्चार्जको जिम्मेवारी पाउने अपेक्षा गरेका पार्टी उपाध्यक्ष रावललाई आइतबार धक्का लागेको छ। एमाले अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिँदै इन्चार्जको जिम्मेवारी लेखराजलाई दिने बताएका हुन्। 

आइतबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेश संरचनामा कुनै फेरबदल हुन नसक्ने जवाफ दिएका हुन्।

नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सम्झौता कार्यान्वयन गर्दा एमालेको सुदुरपश्चिम इन्चार्ज उपाध्यक्ष समेत रहेका भीम रावल हुनुपर्ने भए पनि अध्यक्ष ओलीले लेखराज भट्टले नै उक्त जिम्मेवारी सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन्। 

भट्ट गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इन्चार्ज तोकिएका हुन्। त्यसबेला रावल माधव नेपाल समूहमा थिए। माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन: ओलीसँगै बसेका थिए। १० बुँदे कार्यदलका संयोजकसमेत रहेका रावल पार्टी जेठ २ मा फर्कने भन्‍ने सहमतिपछि सुदूरपश्चिमको संयोजक पनि स्वत: आफैं बन्‍ने बताउँदै आएका थिए। 

तर रावलको उक्त चाहाना अध्यक्ष ओलीका कारण अधुरै रहेको छ। सुदूरपश्चिम संयोजकमा रावल र भट्टबीच विवाद भएपछि आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बोलाएका थिए। 

उक्त बैठकमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ । जिम्मेवारी परिवर्तन भएको छैन। ‘तपाईं उपाध्यक्ष र सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस्।’

उनले थपे, ‘१० बुँदे सम्झौता र जेठ २ जस्ताको त्यस्तै लागु हुँदैन। यसमा प्रष्ट हुनुस्।’

तर छलफलमा भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुन: आफुले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान ओलीसमक्ष राखेका थिए। रावलले ओलीको भनाइप्रति असहमति प्रकट गर्दै भने,  ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो।’


प्रकाशित: Sep 12, 2021| 15:52 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...