आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुम्से विश्व च्याम्पियनसिप : पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले जित्यो स्वर्ण, रजत र काश्य

पुम्से विश्व च्याम्पियनसिप : पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले जित्यो स्वर्ण, रजत र काश्य

पहिलो अनलाइन डेडो विश्व पुम्से च्याम्पिनयसिप अन्तर्गतको पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले स्वर्ण, रजत र काश्य पदक जितेको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं– पहिलो अनलाइन डेडो विश्व पुम्से च्याम्पिनयसिप अन्तर्गतको पुरुष ३० वर्षमुनिको इभेन्टमा नेपालले स्वर्ण, रजत र काश्य पदक जितेको छ।

National life

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता कमल श्रेष्ठले विश्व च्यम्पिनयसिपमा स्वर्ण पदक हासिल गरेका छन्। यस्तै, जितबहादुर बोटेले रजत पदक जित्दा प्रेम लिम्बुले काश्य पदक हात पारेका छन्।

उक्त इभेन्टमा नेपालका तर्फबाट ५ जना सहभागी थिए। अर्का सहभागी सुरेन्द्रबहादुर बोट नवौं स्थानमा रहे। उनी ६.८० अंक पाएर नवौं भएका हुन्।
प्रतियोगितामा स्वर्ण, रजत र काश्य विजेताले क्रमशः ७.६७, ७.५४ र ७.५० अंक प्राप्त गरेका छन्।

त्यस्तै, महिला ३० वर्ष मुनिको इभेन्टमा नेपालले रजत पदक प्राप्त गरेको छ। नेपालकी पार्वती गुरुङ ७.३ अंक प्राप्त गर्दै दोस्रो भएकी हुन्।
महिलातर्फ अमेरिकाकी बेट्रिज करिनाले ७.३२ अंकका साथ स्वर्ण पदक जितिन्। उक्त इभेन्टमा सहभागी नेपालकी अर्की खेलाडी सीता तामाङले ६.७ अंक प्राप्त गर्दै १२ स्थानमा रहिन्।

फ्रान्समा सम्पन्न प्रतियोगितामा २४ राष्ट्रको सहभागिता थियो।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा भिडियो पठाएर सहभागी बनुपर्ने थियो, जसमा नेपाली प्रतियोगीका लागि लक्ष्मणबहादुर ऐरले समन्वय गरेका थिए। साथै ऐरले प्रतियोगीलाई प्रशिक्षण पनि गराएका थिए।

पुरुष सिनियर उमेर समूह (५० वर्षमुनि) इभेन्टमा सहभागीसमेत भएका ऐरले भने आज प्रतिष्पर्धा गर्दैछन्।

प्रकाशित: May 14, 2020| 11:34 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।