शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा मन्त्रीको नाम मागिरहन्छन्, गठबन्धनका नेता भन्छन्– केही दिन अझै पर्खौं

देउवा मन्त्रीको नाम मागिरहन्छन्, गठबन्धनका नेता भन्छन्– केही दिन अझै पर्खौं

सत्ता गठबन्धनको बैठक दैनिकजसो बस्दै आएको छ। बैठकमा प्रवेश गर्नुअघि गठबन्धनका नेताहरू भन्ने गर्छन्, बैठकले मन्त्रिपरिषद्को टुंगो तत्काल लगाइहाल्छ। तर बैठकबाट बाहिरिएपछि उनीहरूको प्रतिक्रिया हुन्छ– प्रधानमन्त्रीले मन्त्रीहरूको नामावली दिन फेरि ताकेता गर्नुभयो।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– सत्ता गठबन्धनको बैठक दैनिकजसो बस्दै आएको छ। बैठकमा प्रवेश गर्नुअघि गठबन्धनका नेताहरू भन्ने गर्छन्, बैठकले मन्त्रिपरिषद्को टुंगो तत्काल लगाइहाल्छ। तर बैठकबाट बाहिरिएपछि उनीहरूको प्रतिक्रिया हुन्छ– प्रधानमन्त्रीले मन्त्रीहरूको नामावली दिन फेरि ताकेता गर्नुभयो।

झन्डै दुई महिनाअघि प्रधानमन्त्री भएका शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा उनको आलोचना हुँदै आएको छ। अचेल गठबन्धनको बैठकमा देउवा अन्य दलका नेताहरूसँग मन्त्रीको नाम नदिएको भन्दै झोक्किन थालेका छन्। यद्यपि कांग्रेसभित्र पनि कसलाई मन्त्री बनाउने भन्नेमा निर्णय भइसकेको छैन। तर गठबन्धनका अन्य नेताहरूले नाम दिनेबित्तिकै टुंगो लागिहाल्ने दाबी देउवा निकट एक नेताले जानकारी दिए।

गठबन्धनको आइतबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीको नाम दिन ताकेता गरेका छन्। तर गठबन्धनका नेताहरूले छिटो दिन्छौं मात्र भन्ने गरेका छन्।

‘प्रधानमन्त्रीज्यूले अब छिटो नाम दिनुस् भन्नुभयो,’ बैठकमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘सरकारले पूर्णता नपाउँदा सरकारका कामकारबाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो।’ 

‘प्रधानमन्त्रीज्यूले अब छिटो नाम दिनुस् भन्नुभयो,’ बैठकमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘सरकारले पूर्णता नपाउँदा सरकारका कामकारबाहीमै असर देखिन थालेको भन्ने प्रधानमन्त्रीको भनाइ थियो।’ गठबन्धनका अन्य दलका नेताहरुले भने पार्टीभित्र छलफल भइरहेको भन्दै आएका छन्। आजको बैठकमा पनि नेताहरूले छिट्टै नाम दिन्छौं भनेका थिए। तर कहिलेसम्म दिने भनेर उनीहरूले केही नबताएको उपाध्यक्ष पौडेलको भनाइ छ। 

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए।

कांग्रेस सभापति देउवाको नेतृत्वमा २९ असारमा गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्री नियुक्त भएका थिए। माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले शपथ लिएका थिए। त्यसको एक सातापछि प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्रीमा कांग्रेसबाटै उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए। 


प्रकाशित: Sep 12, 2021| 15:09 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...