शुक्रबार, भदौ ५, २०८३

तेस्रो दिनको दोस्रो बैठकमा पनि नाराबाजीमा उत्रिए एमालेका सांसद

प्रतिनिधिसभाको आज आइतबारको दोस्रो बैठक पनि नेकपा एमालेले अवरुद्ध गरेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्रतिनिधिसभाको आज आइतबारको दोस्रो बैठक पनि नेकपा एमालेले अवरुद्ध गरेको छ। बैठक सुरु भएलगत्तै एमाले सांसदहरु नाराबाजीमा उत्रिएका छन्।

पार्टीले कारबाही गरेका १४ जना सांसद उपस्थित भएको विरोधमा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो।सांसदहरुले पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, संसदीय मर्यदा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायत नारा लगाइरहेका छन्। 

एमालेको अवरोधका कारण आजको पहिलो बैठक सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक स्थगित गरेर सभामुखले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए। छलफलमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस नेता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। तर, बैठकमा सहमति जुट्न सकेन। 

एमालेले संसद् अवरुद्ध गरेको आज तेस्रो दिन हो। गत बिहीबार र शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए।


प्रकाशित: Sep 12, 2021| 14:46 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...