शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थप २६ जनामा कोरोना संक्रमण, भक्तपुरमा दुई र काठमाडौंमा एकजना संक्रमित

थप २६ जनामा कोरोना संक्रमण, भक्तपुरमा दुई र काठमाडौंमा एकजना संक्रमित

मंगलबार राति थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं– मंगलबार राति थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा २६ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो।

आज बिहान मात्र ५७ जनामा कोभिड–१९ पोजेटिभ देखिएको थियो। यसरी एकै दिन कोभिड–१९ पोजेटिभ देखिनेको संख्या ८३ पुगेको छ। याेसहित नेपालमा काेराेना भाइरस संक्रमणकाे संख्या २१७ पुगेकाे छ। यीमध्ये ३३ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। 

मंगलबार राति संक्रमण पुष्टि भएका २६ जनामध्ये पर्साका १८ जना (६ महिला र १२ पुरुष) छन्। यस्तै महाेत्तरीका २ पुरुष, धनुषाका १ महिला र १ पुरुष, भक्तपुरका १ महिला र १ पुरुष, काठमाडाैंकी १ महिला र सर्लाहीका १ पुरुष छन्। 

भक्तपुरका दुई र काठमाडौंका एक जना संक्रमित छन्। संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

 

प्रकाशित: May 12, 2020| 22:30 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।