शनिबार, भदौ ६, २०८३

नारायणी अस्पतालमा ६९ संक्रमित, उपचारलाई ठाउँ अभाव

कोरोना भाइरस संक्रमितको संख्या थपिँदै गएपछि नारायणी अस्पतालमा स्वास्थ्य उपचारमा कठिन भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

वीरगन्ज- कोरोना भाइरस संक्रमितको संख्या थपिँदै गएपछि नारायणी अस्पतालमा स्वास्थ्य उपचारमा कठिन भएको छ।

मंगलबार ३९ जना थपिएछि अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या ६९ पगेको छ।

संक्रमितलाई कहाँ राख्ने भन्ने समस्या भएको अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए। संक्रमित हुनेमा २ महिनाका शिशुदेखि ६५ वर्षका वृद्धसम्म छन्। ती सबैलाई एकै ठाउँमा उपचार गर्न कठिन भएकाे उनको भनाइ छ।

सर्वदलीय बैठकमा चिकित्सकहरुले नेसनल ट्रेनिङकाे भवन भाडामा लिने प्रस्ताव राख्दा कुरा नमिलेको अस्पताल प्रशासनले जनाएको छ। मंगलबार संक्रमित बिरामी १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका छन्। 

संक्रमण पुष्टि भएकामध्ये वीरगन्ज महानगरपालिका वडा नं. २ का पाँच जना, ३ का ८ जना, ४ का एक जना, वडा नम्बर १६ का ११ जना छन्। अन्य १४ जना भने छिपहरमाई गाउँपालिका वडा नं. ५ का हुन्।

 

प्रकाशित: May 12, 2020| 21:13 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।