शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको पनि कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको पनि कोरोना परीक्षण, रिपोर्ट आउन बाँकी

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिहरुको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीसहित अति विशिष्ट व्यक्तिहरुको कोभिड–१९ स्वास्थ्य परीक्षण भएको छ।

सङ्घीय संसदमा राष्ट्रपतिबाट आगामी जेठ २ गते नेपाल सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी सबैको पिसिआर विधिबाट परीक्षण गरिएको हो।

संसद् सचिवालयबाट प्राप्त जानकारीअनुसार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित ३७, उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुनसहित ६४ र प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित १० जनाको पिसिआर परीक्षण गरिएको हो। परीक्षणको रिपोर्ट भने अहिलेसम्म सार्वजनिक भएको छैन।

उक्त समारोहमा सहभागी हुन आउने मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि स्वास्थ्य परीक्षण भएको छ। कोभिड–१९ का कारण सङ्घीय संसदमा सार्वजनिक गरिने नीति तथा कार्यक्रममा सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थाका कारण यसपालि संवैधानिक निकायका प्रमुखलाई मात्र आमन्त्रण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

उक्त समारोहमा सहभागी हुन आउने सबैको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ को जोखिमका कारण उक्त समारोहमा यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई भने आमन्त्रण नगरिने बुझिएको छ । सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, सांसद, कर्मचारी तथा सुरक्षाकर्मीसहित ७११ जनाको नयाँ बानेश्वरस्थित संसद् भवनमा यसअघि नै स्वास्थ्य परीक्षण भइसकेको छ ।

कोरोना परीक्षण गर्न बाँकी १६ सांसदमध्ये पाँच जना निलम्बित छन्। परीक्षण गर्न बाँकी सांसदलाई टेकुस्थित राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउन सचिवालयले आग्रह गरेको छ। यसैबीच स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर सदन नभएका समयमा काठमाडौँ उपत्यका बाहिर नजान सांसदलाई सचिवालयले अनुरोध गरेको छ ।
रासस

प्रकाशित: May 12, 2020| 19:50 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।