शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुणस्तरहीन राहत चामल आपूर्तिकर्ता ठाकुर ट्रेडलिंकलाई २ लाख जरिबाना

गुणस्तरहीन राहत चामल आपूर्तिकर्ता ठाकुर ट्रेडलिंकलाई २ लाख जरिबाना

धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा गुणस्तरहीन चामल वितरण गर्ने ठाकुर ट्रेडलिंकलाई २ लाख जरिबाना गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

धनगढी- धनगढी उपमहानगरपालिकाले वडा नं ४ मा गुणस्तरहीन चामल वितरण गर्ने ठाकुर ट्रेडलिंकलाई २ लाख जरिबाना गरेको छ।

वितरित चामल परीक्षण गर्दा गुणस्तरहीन पाइएपछि चामल आपूर्तिकर्ता उक्त कम्पनी कारबाहीमा परेको हो।

चामलमा किरा भेटिएको भन्दै स्थानीयले गुनासो गरेपछि उपमहानगरपालिकाले छानबिनका लागि सम्बन्धित निकायसँग अनुरोध गरेको थियो।

वाणिज्य आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी कैलालीका निरीक्षक कमलबहादुर पुन मगरले छानबिनपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर देखिएकाले चामल आपूर्तिकर्ता फर्म ठाकुर ट्रेडलिंकलाई २ लाख जरिबाना गरिएको बताए।

खाद्य प्रविकि तथा गुण नियन्त्रण कार्यालयको परीक्षणमा पनि कैफियत देखिएमा थप कारबाह िअगाडि बढाइने धनगढी उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत योगेन्द्र चन्दले बताए।

प्रकाशित: May 12, 2020| 18:47 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।