मंगलबार, असार ३०, २०८३

विश्वकप क्वालिफायरका दुई प्रतियोगिता स्थगित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले आज(मंगलबार) दुई क्वालिफायर प्रतियोगिता स्थगित गरेको छ। उसले कोरोना भाइरस(कोभिड–१९) को जोखिमका कारण प्रतियोगिता स्थगित गरेको बताएको हो।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)ले आज(मंगलबार) दुई क्वालिफायर प्रतियोगिता स्थगित गरेको छ। उसले कोरोना भाइरस(कोभिड–१९) को जोखिमका कारण प्रतियोगिता स्थगित गरेको बताएको हो।

स्थगित हुनेमा आईसीसी महिला क्रिकेट विश्वकप क्वालिफायर र आईसीसी यू–१९ क्रिकेट विश्वकप क्वालिफायर डिभिजन २ रहेका छन्। आईसीसीले बोर्ड सदस्य र सम्बन्धित सरकारसँग समन्वय गरेर प्रतियोगिता स्थगित गरेको बताएको छ।

महिला विश्वकप क्वालिफायरका खेलहरु आउँदो जुलाई ३ बाट १९ तारिकसम्म हुने तय भएको थियो। श्रीलंकामा आयोजना हुने प्रतियोगिताबाट न्युजिल्यान्डमा सन् २०२१ मा हुने विश्वकपका लागि तीन टिम छनोट हुनेछन्।

खेलमा सहभागी देशहरुसँग निरन्तर सम्पर्कमा रहेर प्रतियोगिताको नयाँ मिति तय गरिने आईसीसीले बताएको छ।

आईसीसीका आयोजना प्रमुख क्रिस टेस्टेलले भने, ‘आवागमनमा रहेको बाधा र विश्व महामारीका कारण हामीले सरकार र स्वास्थ्यकर्मीको सल्लाहमा अगाडिको क्वालिफाइङ खेल स्थगित गरेका छौं।’

प्रकाशित: May 12, 2020| 17:44 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।