शनिबार, भदौ ६, २०८३

कोरोनाबाट बच्न सांसदहरुलाई १३ बुँदे नियम

संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

संघीय संसद् सचिवालयले सांसदहरुलाई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको छ।

सचिवालयले १३ बुँदे नियम जारी गर्दै सांसदहरुलाई बैठकपछि घरमा गई एकान्तबासको नियमहरु पालना गर्न अनुरोध गरेको हो।

यसैगरी, सदन वा समितिको बैठकमा आउँदा अत्यावश्यक सहयोगी र सुरक्षाकर्मी बाहेकलाई नल्याउन अनुरोध गरिएको छ। सांसदका सहयोगी र सुरक्षाकर्मीलाई आ–अफ्नै गाडीभित्र बस्न अनुरोध गरिएको छ।

संसदमा प्रवेश गर्दा साबुनपानीले हात धोएर प्रवेश गर्न आग्रह गरिएको छ भने संसदभित्र प्रवेश गर्दा वा बाहिरिँदा छुटाछुटै द्वारबाट प्रवेश गर्न आग्रह गरिएको छ।

तोकिएको कुर्सीमा बस्न, संसदभित्र मास्क प्रयोग गर्न, हल र लवीमा समाजिक दूरी कायम गर्न सांसदहरुलाई सचिवालयले आग्रह गरेको छ।

यसैगरी चमेना गृह प्रयोग गर्दा एक पटकमा एउटा टेबलमा एक जना मात्र बस्न सचिवालयले आग्रह गरेको छ।

सचिवालयको आग्रहका बाबजुद पनि सांसदहरुले यी नियमको पालना गर्न आनाकानी गरेको सचिवालयका अधिकारीहरुले बताएका छन्।

प्रकाशित: May 12, 2020| 17:00 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।