काठमाडौं– नेकपा एमालेले आज आइतबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
सभामुखले बैठक सुरु गर्न नपाउँदै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका छन्। नाराबाजीका बीच सभामुखले जनताको आवाज बोल्ने संसद् चलाउन दिन आग्रह गरिरहेका छन्।
एमालेले संसद् अवरुद्ध गरेको आज तेस्रो दिन हो। गत बिहीबार र शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए।
पार्टीले कारबाही गरेका १४ जना सांसद बैठकमा उपस्थित भएको भन्दै एमालेले अवरोध गरेको हो।