शनिबार, भदौ ६, २०८३

संकटका सहयोगी नर्सलाई सबैको शुभकामना

आज मे १२ विश्व नर्सिङ दिवस मनाइँदैछ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं– आज मे १२, विश्व नर्सिङ दिवस मनाइँदैछ। कोभिड–१९ को संक्रमण र लकडाउनले कुनै औपचारिक कार्यक्रमको आयोजना भने गरिएको छैन।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफू जोखिममा रहेर स्वास्थ्य सेवामा खटिएका नर्सलगायत अन्य स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न ऊर्जा मिलोस् भन्ने शुभकामना दिएका छन्।

स्वास्थ्य संकटको बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका नर्सलाई आम नागरिकले पनि सामाजिक सञ्जालमार्फत् स्वतस्फूर्त रूपमा शुभकामना दिइरहेका छन्। 

कोरोना भाइरसको संक्रमणका कारण जोखिमपूर्ण अवस्थामा रहेर सुरक्षा सामग्रीको अभावका बीच पनि विरामीको उपचारमा अहोरात्र खटिएका नर्सहरुको महत्व अहिले झन् बढेको छ। 

आज फ्लोरेन्स नाइटिंगेलको जन्मदिन हो। ‘लेडी विद् दि ल्याम्प’को उपनामले परिचित उनी सन् १८२० मे १२ मा जन्मिएकी थिइन्।

आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स पेशाको शुरुवात गर्ने फलोरेन्सको सम्मानस्वरुप नर्स दिवस विश्वभर मनाइन्छ।

 

प्रकाशित: May 12, 2020| 12:28 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।