शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘वर्तमान संवेदनशील घडीमा नर्सको भूमिका महत्त्वपूर्ण छ’

‘वर्तमान संवेदनशील घडीमा नर्सको भूमिका महत्त्वपूर्ण छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्व नर्स दिवसको अवसरमा शुभकामना दिँदै कोरोना भाइरस (कोभिड–१९) महामारीको वर्तमान संवेदनशील घडीमा नर्सको सक्रियताको प्रशंसा गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्व नर्स दिवसको अवसरमा शुभकामना दिँदै कोरोना भाइरस (कोभिड–१९) महामारीको वर्तमान संवेदनशील घडीमा नर्सको सक्रियताको प्रशंसा गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एक शुभकामना सन्देश प्रकाशित गर्दै नर्ससँगै सबै स्वास्थ्यकर्मीको उच्च मनोबलको प्रशंसा गरेका छन्।

“मुलुक विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा रहेको बेला आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरूलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्छु,” देउवाले शुभकामना सन्देशमा भनेका छन्।

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिएका नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र नर्सहरूको मनोवल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको सन्देशमा उल्लेख छ।

प्रकाशित: May 12, 2020| 11:34 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।