शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रक्सी खाएर हिँडेका वडाध्यक्ष दुर्घटनामा, करङ भाँच्चियो

रक्सी खाएर हिँडेका वडाध्यक्ष दुर्घटनामा, करङ भाँच्चियो

लकडाउनका बेला रक्सी खाएर मोटसाइकल चलाएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्य दुर्घटनामा परेका छन् ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

धनगढी- लकडाउनका बेला रक्सी खाएर मोटसाइकल चलाएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्य दुर्घटनामा परेका छन् ।

सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर उनको करङ भाँच्चिएको प्रहरीले जनाएको छ । टीकापुरको विजयनगर शिविरस्थित कर्ण चौधरीको पसलबाट मदिरा सेवन गरी फर्किने क्रममा नालीमा खसेर वडाध्यक्ष घाइते भएका हुन् ।

रक्सी खाएको स्थानमा वडाध्यक्षले विवादसमेत गरेका थिए । टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रकाश बुढाथोकीसँगै मदिरा पिउन बसेका उनीहरुबिच रातह वितरणका विषयमा भनाभन भएको थियो ।

वडाध्यक्ष आचार्य घर आउने क्रममा नालीमा खसेपछि सामुदायिक वनसँग संलग्न राजीपुरकै एक स्थानीयले उनलाई उद्धार गरेको बताइएको छ ।

उनको अहिले कैलालीकै लम्किस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित: May 12, 2020| 10:06 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।