शनिबार, भदौ ६, २०८३

१०१ वर्षमा सत्यमोहन

‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं– ‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्। नेपाली कला, संस्कृति र साहित्यमा योगदान पुर्याएका ललितपुर निवासी जोशी आज (वैशाख ३० गते) १०१ वर्ष पुगेका हुन्।

गत वर्ष सय वर्ष पुगेको अवसरमा जोशीलाई ललितपुर महानगरपालिकाले सम्मानस्वरूप नगरपरिक्रमा गराएको थियो। तर, यस वर्ष लकडाउनका कारण कुनै कार्यक्रम नगरिएको महानगरपालिकाले जनाएको छ।

यसैबीच, नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले जोशीलाई जन्मदिनको शुभकामना दिएका छन्। बेरीले ट्वीटरमार्फत् जोशीलाई जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना गरेका छन्।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्टआदिकवि भानुभक्त पुरस्कारकाठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । 

तीन पटकसम्म मदन पुरस्कार पाएका जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

 

प्रकाशित: May 12, 2020| 09:16 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।