शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन– संसद्‍मा काँध चढ्ने काम नगर्नुस्

सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन– संसद्‍मा काँध चढ्ने काम नगर्नुस्

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता केपी ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर विरोध गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका नेता केपी ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर विरोध गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

संसद् बैठक बस्नुअघि आइतबार मध्यान्ह बसेको पार्टी संसदीय दलको बैठकमा उनले सांसदहरुलाई संयम हुन निर्देशन दिएका हुन्।

‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं। मर्यादा पालना गरौं। सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ। नारा लगाउनेभन्दा बाहिर जानु हुँदैन। कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें– माइक हान्ने योजना थियो रे। त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन। काँध चढेर माथि नजानुहोला,’ ओलीको भनाइ उद्धत गर्दै एक सांसदले भने।

संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो। अस्ति शुक्रबार एमालेले संसद् बैठक अवरुद्ध गरेको थियो। 

शुक्रबारको बैठकमा एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गर्नुका साथै रोस्ट्रममा चढ्न कोसिस गरेका थिए। शुक्रबार तीनपटक संसद् बैठक बसेकोमा तीनैपटक एमालेले अवरोध गरेको थियो। बैठक अवधिभर नै एमालेका सांसदहरुले नाराबाजी गरिरहे। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरेका थिए। 

नाराबाजीका कारण कारबाही अघि नबढाई पहिलो बैठक स्थगित गरेका सभामुखले दोस्रो र तेस्रो बैठक भने नाराबाजीकै बीच सञ्चालन गरेका थिए।

संसदमा एमाले सांसदको गतिविधिलाई लिएर चर्को आलोचना भएपछि शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले मर्यादामा रहेर विरोध गर्न सांसदहरुलाई निर्देशन दिएको थियो।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु भएको छैन।

प्रकाशित: Sep 12, 2021| 13:18 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...