शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी

काठमाडौंको फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी

निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ।

उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।

विश्वभरि फैलिएको कोभिड–१९ का कारण दुई महिनादेखि सरकारले देशभरि लकडाउन गरे पनि दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम भएको थियो । निर्माणको काम यस आर्थिक वर्षको अन्त्यसम्ममा पनि पूरा नहुने भएपछि कामपाले अन्य स्थानको खोजी गर्नुपरेको हो ।

उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएकाले र दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण सम्पन्न पूरा नभएकाले आगामी दिनमा फोहर व्यवस्थापनको काम थप समस्याको विषय बनेको छ । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साइट छिटो सञ्चालनमा ल्याउन शहरी विकास मन्त्रालय र कामपाबाट संयुक्त प्रयास भने भइरहेको छ ।

“अन्य समयमा भन्दा बर्खाको समयमा फोहर उत्पादन बढी हुन्छ । यसअघि फोहर व्यवस्थापन भइरहेको स्थानमा फोहर राख्न मिल्ने अवस्था छैन । यसै हप्ता नुवाकोटकै अन्य स्थानमा अल्पकालीन फोहर व्यवस्थापन स्थलको टुङ्गो लगाउने तयारी छ,” कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अन्योल भएको छ । निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा एक हजार ७९२ रोपनी जग्गा छ ।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी कामपाबाट र अन्य अरु १७ स्थानीय तहबाट फोहर नुवाकोट लगिने गरिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल १३ वर्षअघि कामपाले दुई वर्षका लागि भन्दै उपभोग गर्दै आएको हो ।

क्षमताभन्दा बढी र तोकिएको समयभन्दा बढी समय फोहर व्यवस्थापन गर्दै आएको भन्दै सिसडोलका स्थानीयवासीले यसअघि नै विरोध गर्दै आएका छन् ।

रासस

प्रकाशित: May 12, 2020| 08:35 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।