शनिबार, भदौ ६, २०८३

जुम्लामा एकै दिन ८४९ जनाको स्वाब संकलन

जुम्लामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

जुम्लामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेका हुन् ।

प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले दिएको जानकारी जिल्लाका विभिन्न ८ वटा स्थानबाट स्वाब संकलन गरिएको छ । प्रतिष्ठानले नेपालमै पहिलो पटक सबैभन्दा बढी स्वाब संकलन गरेको दाबी गरेको छ ।

स्वाब संकलनमा २४ जना स्वास्थ्यकर्मी खटिएका थिए । संकलित स्वाब पुल टेस्ट (५जनाको स्वाबलाई एकै ठाउँमा मिसाएर) परीक्षण गरिनेछ ।

प्रकाशित: May 12, 2020| 07:52 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।