शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही र कपिलवस्तुका २२ जना कोरोना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका

रुपन्देही र कपिलवस्तुका २२ जना कोरोना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका

कपिलवस्तु र रुपन्देहीको अधिकांश भूगोल भारतसँग खुल्ला सीमाना छ । उक्त क्षेत्रमा अहिले पनि सयौं मान्छेहरु स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु रातिको समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेको बुझिएको छ ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका रुपन्देही र कपिलवस्तुका २२ जना सबै यसै हप्ता भारतबाट स्वदेश फर्केका थिए। सोमबार कपिलवस्तुमा १६ र रुपन्देहीमा ६ जना गरी २२ जनामा कोरोना पुष्टि भएको छ ।

कपिलवस्तुमा संक्रमण पुष्टि भएका सबै भारतबाट आई क्वारेन्टाइनमा बसेको जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घनारयण पौडेलले बताए। यसैगरी रुपन्देहीमा अहिलेसम्म कोरोना पोजेटिभ देखिएका सबै ७ जना भारतबाट आएकाहरु रहेको प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए ।

रुपन्देहीमा सोमबार ६ जनामा कोरोना पुष्टि भएको छ । समरीमाई गाउँपालिकामा ४ जना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो ।

समरीमाई गाउँपालिका वडा नम्बर ७ बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ जनामध्ये वडा नम्बर १ का एकजना र वडा नम्बर ४ का ३ जनामा कोरोना पुष्टि भएको समरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले बताए ।

भैसागाहन स्थित क्वारेन्टाइनमा रहेका मध्ये वडा नम्बर १ का ४६ वर्षका पुरुष मुम्बईबाट वैशाख २५ गते आएका थिए । उनी लुकिछिपी सीमा पार गरेर आइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा लगिएको थियो ।

यसैगरी सोही क्वारेन्टाइनमा रहेका अन्य तीन जना २६ गते मुम्बईबाट आएका थिए । ४५ वर्ष, २६ वर्ष र ३० वर्ष उमेरका तीनैजना पुरुष वडा नम्बर ४ का हुन् । उनीहरु पनि लुकिछिपी सीमावारी आएका हुन् ।

भैसागाहनस्थित क्वारेन्टाइनमा अहिले ती चार जनासहित ४७ जना रहेका छन् । मर्चवारमा यसअघि कोटहीमाईका एक २५ वर्षिय युवामा कोरोना देखिएको थियो । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा रहेको क्वारेन्टाइनमा रहेका ४३ जनामध्ये २ जनामा सोमबार कोरोना पोजेटिभ देखिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।

कपिलवस्तु र रुपन्देहीको अधिकांश भूगोल भारतसँग खुल्ला सीमाना छ । उक्त क्षेत्रमा अहिले पनि सयौं मान्छेहरु स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु रातिको समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेको बुझिएको छ ।

प्रकाशित: May 12, 2020| 07:10 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।