मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा आफन्तको घर बसेर फर्किएकी थिइन् बर्दियाकी कोरोना संक्रमित बालिका

कैलालीमा आफन्तको घर बसेर फर्किएकी थिइन् बर्दियाकी कोरोना संक्रमित बालिका

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएकी बर्दियाकी बालिका कैलालीमा आफन्तको घर बसेर फर्किएको खुलेको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएकी बर्दियाकी बालिका कैलालीमा आफन्तको घर बसेर फर्किएको खुलेको छ।

सोमबार कोरोना संक्रमण पुष्टि भएकी राजापुर नगरपालिका–५ की ११ वर्षीया बालिका कैलालीको भजनी नगरपालिकामा आफन्तको घर बसेर फर्किएको खुलेको हो।

वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर चौधरी संक्रमित बालिका वैशाख १६ गते कैलालीबाट बर्दिया फर्किएको जानकारी दिए। उनी बर्दियाबाट चैत ५ गते कैलाली गएको बुझिएको छ।

कैलालीबाट फर्किएलगत्तै उनलाई क्वारेन्टिनमा राखिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले बताए। बर्दियामा उनीसँग सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको अर्यालले जानकारी दिए। कैलालीमा भने यसबारे भइरहेको प्रयासबारे बुझ्न सकिएन।

छिमेकी कैलाली र बाँकेमा यसअघि नै कोरोना संक्रमित देखिए पनि बर्दियामा संक्रमित देखिएको पहिलो पटक हो। बालिकामा संक्रमण देखिएकाले अरु संक्रमितबाट उनमा सरेको हुन सक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन्।

संक्रमित बालिकाको सम्पर्कमा आएकी उनकी हजुरआमाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बुझिएको छ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले छिमेकी बाँके र कैलालीमा कोरोना संक्रमित भेटिएपछि यसअघि नै दुवै जिल्लासँग जोडिएको सीमा सिल गरिसकेको छ।

बर्दियासँगै सोमबार नै सप्तरीमा पनि पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। त्यहाँका १८ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको हो।

सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक सय ३४ पुगेको छ।

 

प्रकाशित: May 11, 2020| 22:59 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।