शनिबार, भदौ ६, २०८३

कर्णाली प्रदेश अनिश्चितकालका लागि सिल

कर्णाली प्रदेश सरकारले अनिश्चितकालका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

कर्णाली प्रदेश सरकारले अनिश्चितकालका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ।

भर्खरै सम्पन्न प्रदेश विपद व्यवस्थापन समितिको बैठकले प्रदेशलाई अनिश्चितकालसम्मका सिल (नाकाबन्दीं) यथावत् राख्ने निर्णय गरेको समितिका सदस्य तथा प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढ्दै जाँदा कर्णालीमा थप जोेखिम बढेको छ,’ केसीले भनिन् ‘अर्को निर्णय नभएसम्मका लागि नाकाहरु यथावत् रुपमा बन्द नै रहनेछन् ।’

यद्यपि नियन्त्रित रुपमा दैनिक उपभोग्य वस्तु, चामल, दाल, नुन, तेल, चिनी, ग्यास, डिजेल र बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण भने आयात गर्न पाइने भएको छ । यसअघि दैनिक उपभोग्य वस्तुहरुमा पनि आयात रोकिएको थियो ।

त्यस्तै तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भएको छ ।

बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गराइने भएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै गत २२ गतेदेखि कर्णालीका नाकाहरु बन्द छन् ।

प्रकाशित: May 11, 2020| 21:19 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।