शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशमा मृत्यु हुने कामदारको अन्त्येष्टिका लागि सहमतिपत्र पठाउने परिवारलाई ५० हजार राहत

विदेशमा मृत्यु हुने कामदारको अन्त्येष्टिका लागि सहमतिपत्र पठाउने परिवारलाई ५० हजार राहत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका लागि गएका नेपालीको विभिन्न मुलुकमा मृत्यु भइरहेको तर लकडाउनका कारण शव ल्याउन समस्या भएकोले विदेशमै अन्त्येष्टि गर्नुपर्ने बाध्यता रहेको बताएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका लागि गएका नेपालीको विभिन्न मुलुकमा मृत्यु भइरहेको तर लकडाउनका कारण शव ल्याउन समस्या भएकोले विदेशमै अन्त्येष्टि गर्नुपर्ने बाध्यता रहेको बताएको छ।

यस अवस्थामा मृतक कामदारको शव मृत्यु भएको मुलुकमा नै अन्तिम संस्कारको लागि मृतकको नजिकको नातेदारको तर्फबाट सहमतिपत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् पठाउन बोर्डले अनुरोध गरेको छ।

यस्तो सहमतिपत्र पठाउने कामदारको नजिकको हकदारलाई सान्त्वना तथा राहतस्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने पनि बोर्डले जनाएको छ। यो व्यवस्था लकडाउन खुलेर अन्तर्राष्ट्रिय उडान नखुलेसम्मका लागि भएको पनि बोर्डले स्पष्ट पारेको छ।

प्रकाशित: May 11, 2020| 20:48 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।