शनिबार, भदौ ६, २०८३

लकडाउनमा २४३ पत्रकारले निःशुल्क कपाल कटाए

लकडाउनका कारण सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियान अन्तर्गत विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ ले सेवा लिएका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

लकडाउनका कारण सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियान अन्तर्गत विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ ले सेवा लिएका छन्।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको समन्वयमा यही वैशाख १७ गतेदेखि सोही परिसरबाट शुरु भएको उक्त कार्यक्रम लकडाउन अवधिभर जारी रहने बताइएको छ ।

संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले लकडाउनका कारण सैलुन बन्द भएपछि सञ्चारकर्मीले कपाल काट्न नपाएको खबर पाएपछि सञ्चार गृहका साथीहरुको अनुरोधमा कार्यालयमै गई कपाल काटेर सहयोग गर्ने अभियान शुरु गरेको बताए।

लकडाउनले अति आवश्यक सेवा क्षेत्र सामान्य सावधानीपूर्वक खुल्ला गरिएको छ भने सैलुनलगायत अन्य क्षेत्रलाई बन्द गरिएकाले त्यसको प्रभाव परेको छ ।

 

प्रकाशित: May 11, 2020| 20:25 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।