पत्रकारलाई हातपात गर्ने दुईजना बारामा पक्राउ परेका छन्। तराई मधेश दैनिकका प्रकाशक पवन यादवलाई हातपात गर्ने छोटु भन्ने इरफान मन्सुर र नारायण सराफ पक्राउ परेका हुन्।
प्रकाशक यादव आइतबार राति साढे ८ बजेतिर बाराको कलैया उपमहानगरपालिका वडा नं. २ स्थित कलैया पिलुवा सडक खण्ड अन्तर्गत महाबिर मन्दिर अगाडि मोटरसाइकल चढी घरतर्फ गइरहेका थिए।
पक्राउ परेका दुवैलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।