शनिबार, भदौ ६, २०८३

एक लाख थान आरडीटी किट आइपुग्यो

कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरडीटी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरडीटी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो ।

स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बिआइडिएच म्यानेजमेन्टप्रालिलाई जिम्मा दिएको थियो । यही वैशाख १८ गते सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।

उक्त किट आयातका लागि यही वैशाख १७ गते सम्झौता भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना परीक्षणका लागि आवश्यक किट आइपुगेको जानकारी दिए । उनले भने, “सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न आज नभ्याएका कारण मंगलबार सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पुर्याइनेछ ।”

सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् । विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो ।

प्राप्त विवरणअनुसार ती किट प्रति थान रु. ५६५ मा ल्याइएको हो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो ।

रासस

प्रकाशित: May 11, 2020| 19:03 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।