शनिबार, भदौ ६, २०८३

८९ पुरुष र ३२ महिला कोरोना संक्रमित, ३३ जना निको भए

नेपालमा कोरोना मुक्त भएर अस्पताबाट डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ । कोशी अस्पतालमा उपचाररत झापा र भोजपुरका २ जना पुरुष सोमबार डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

नेपालमा कोरोना मुक्त भएर अस्पताबाट डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ । कोशी अस्पतालमा उपचाररत झापा र भोजपुरका २ जना पुरुष सोमबार डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार हालसम्म १२१ जनामा कोरोना भाइरस रोगको संक्रमण देखिएको छ, जसमा ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् । नेपालमा आजै ११ जनामा कोरोना पोजेटिभ देखिएसँगै जम्मा संक्रमितकोा संख्या १२१ पुगेको हो ।

देवकोटाका अनुसार हालसम्म पिसिआरबाट १७ हजार ८०९ र आरडीटीबाट ५८ हजार ५४६ जनाको परीक्षण भएको छ, जसमा पछिल्लो २४ घण्टामा दुबै विधिबाट २ हजार ७९९ जनाको परीक्षण भएको छ ।

सबैभन्दा धेरै संक्रमित प्रदेश नम्वर ५ मा देखिएको छ । त्यहाँ ४० जना संक्रमित छन् भने प्रदेश नम्वर १ मा ३५, प्रदेश नम्वर २ मा ३१,बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिममा ५ जनालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमितमध्ये विरगञ्जमा २८, विराटनगरमा १९, रुपन्देहीमा १६, नेपालगञ्जमा २४ र भरतपुरमा १ गरी ८८ जना सामान्य अवस्थामा उपचाररत छन् । प्रवक्ता देवकोटाले आज क्वारेन्टाइनमा १२ हजार ७०१ र १५३ जना आइसोलेसनमा रहेको जानकारी दिए।

प्रकाशित: May 11, 2020| 17:06 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।