आइतबार, चैत ८, २०८२

रोनाल्डोको डाइट पछ्याउँदै भिनिसियस र नेयमार

एजेन्सी– लकडाउनका कारण स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर केही महिनायता मड्रिडस्थित घरमा छन्। उनलाई व्यक्तिगत सेफ र प्रशिक्षकले फिटनेसका लागि साथ दिइरहेका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

एजेन्सी– लकडाउनका कारण स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन खेलाडी भिनिसियस जुनियर केही महिनायता मड्रिडस्थित घरमा छन्। उनलाई व्यक्तिगत सेफ र प्रशिक्षकले फिटनेसका लागि साथ दिइरहेका छन्।

National life

कोरोना भाइरस (कोभिड–१९)को जोखिमले खेल रोकिएपछि खेलाडीको फिटनेसमा समस्या पर्ने क्लबका प्रशिक्षकले बताउँदै आएका थिए। प्रशिक्षकको भनाइलाई ध्यानमा राख्दै ब्रेकको अवधिमा भिनिसियसले नयाँ तरिकाका साथ फिटनेसलाई चुस्त बनाएका छन्

सेफले पनि नजिकैबाट उनको डाइटलाई निरीक्षण गरिहेका छन््। भोजनलाई थप फलदायी बनाउन नयाँ तरिकाको न्युट्रिसन योजना प्रयोगमा ल्याएका छन्।

त्यस्तै प्रशिक्षक थियागो लोबोले पनि भिनिसियसलाई दह्रो र छरितो खेलाडी बनाउन काम गरिरहेका छन्।

विश्व स्तरको खेलाडी बन्नका लागि खानामा क्रिस्टियानोको तरिका राम्रो रहेको बताइएको छ। न्युट्रिसन ब्यालेन्स र प्रशिक्षण शैलीले फिटनेसमा सहयोग गर्ने साथै शारीरिक र मानसिक स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ।

Laxmi sunrise bank
kumari

कोपा अमेरिकाको खेलको समयमा भिनिसियसले लोबोलाई मड्रिड आउन र सँगै काम गर्न राजी गराएका थिए। त्यसबेला उनी आयाक्सको खेलमा चोट लागेका कारण घाइते अवस्थामा थिए। भिनिसियससँग काम गर्नका लागि ब्राजिलको टोली छोडेर मड्रिड आएका थिए। लोबोले कोपा अमेरिकामा ब्राजिलको टिमलाई भने पूरा समय खर्च गर्न सकेका थिएनन्।

लोबो मड्रिड आएपछि रियलका फिटनेस कोच एन्टोनियो पिन्टससँग मिलेर काम गरेका थिए। त्यस्तै यो सिजनमा लोबोले जेगोरी डुपोन्टसँग काम गरेका छन्।

अहिले भिनिसियस नचाहिँदो शारीरिक वेट कम र मसल शक्ति धेरै बनाएर खेलमा तगडा रुपले प्रस्तुत हुने योजनामा छन्। ब्रेकको समयमा उनले शरीरको फ्याट कम बनाएका छन् जसले उनलाई छरितो बनाएको थियो।

उनले अहिलेको नयाँ घरमा आफ्नै जिम बनाएका छन्। जसकारण प्रशिक्षणमा सहभागी नभएपनि कार्यक्षमतालाई प्रभावकारी बनाएका छन्।

त्यस्तै उनको नियन्त्रित डाइटले खेल र शरीरको मिश्रण सही सावित गरिदिएको छ।

नेयमार पनि त्यही बाटोमा

अर्का ब्राजिलियन फरवार्ड नेयमारले रोनाल्डोकै बाटो फलो गरेका छन्। उनले पनि लकडाउनमा मिश्रित रुटिन फलो गर्न थालेका हुन्।

लामो समाय चोटको सामना गरेका नेयमारले शारीरिक शक्ति आर्जन गर्न नयाँ तरिका अबलम्बन गरेका हुन्।

१० वर्षदेखि व्यक्तिगत प्रशिक्षक बनेका रिकार्डो रोजा पनि ब्रेकमा नेयमारको तौल र फिटनेस चुस्त राख्न काम गरिरहेका छन्। कुनैबेला लोबो र रोजाले सान्तोसमा सँगै काम गरेका थिए।

प्रकाशित: May 11, 2020| 16:39 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।