मंगलबार, असार ३०, २०८३

नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर रन्जित श्रेष्ठलाई कोराना पोजेटिभ देखिएको छ। दुबईमा बस्दै आएका श्रेष्ठलाई कोरोना संक्रमण भएको उनी आफैंले फेसबुकमा भिडियो पोष्ट गर्दै बताएका हुन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मिडफिल्डर रन्जित श्रेष्ठलाई कोराना पोजेटिभ देखिएको छ। दुबईमा बस्दै आएका श्रेष्ठलाई कोरोना संक्रमण भएको उनी आफैंले फेसबुकमा भिडियो पोष्ट गर्दै बताएका हुन्।

कोरोना संक्रमण देखिइहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नभएको उनको भनाइ छ। भन्छन्, ‘मलाई कोरोनाक पोजेटिभ देखिएको छ। खासै त्यस्तो केही जस्तो छ लागेको छैन। तातोपानी खान्छु। ब्यालेन्स डाइटमा बसिरहेको छु। सेल्फ आइसोलेसनमा छु।’

उनले आफू ४ दिनबाट कोरोनाको संक्रमित बनेको बताएका छन्। यस अवधिमा त्यस्तो ठूलो लक्षण केही नदेखिएको पनि उनले भिडियोमा सुनाएका छन्।

‘कोरोना भाइरसले गर्दा सबै मानिस प्यानिक भएको होला। तर आत्तिनु पर्ने त्यस्तो केहि छैन। मलाई भएको चार दिन भइसक्यो। तर नर्मल छु। कफ केहि छैन। कहिलेकाही ड्राइ कफ हुन्छ,’ उनले भनेका छन्।

उनले पोस्ट गरेको भिडियोमा उनका समर्थक तथा साथीहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्। कोरोनापछि अझ सशक्त शारीरिक अवस्था लिएर आउन शुभकमना पनि दिएका छन्।

रन्जित एन्फा एकेडेमीका दोस्रो ब्याचका खेलाडी हुन्। उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २००९ को बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप खेलेका थिए। त्यस्तै मर्डेका कप र ११ दक्षिण एसियाली खेलकुदमा समेत सहभागी भएका थिए।

त्यस्तै घरेलु लिगमा उनले न्यु रोड टिम, संकटा क्लब, थ्री स्टार क्लब फ्रेन्ड्स क्लब र झापा–११ बाट पनि खेलेका थिए। उनी वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका छन्।

प्रकाशित: May 11, 2020| 16:11 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।