शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ जनामा काेराेना संक्रमण देखिएपछि कपिलवस्तु जेठ ५ गतेसम्म सिल

१५ जनामा काेराेना संक्रमण देखिएपछि कपिलवस्तु जेठ ५ गतेसम्म सिल

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ।
जिल्ला सुरक्षा समितिको बैठकले आइतबार ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सील गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पाैडेलकाअनुसार यस अवधिमा अत्यावश्क बस्तुहरु खाद्यान्न, तरकारी, फलफूल, दुध, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स मात्र चल्न पाइनेछन्।

यस्तै पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन चल्न पाउने तर जिल्ला भित्र ओराल्न र चढाउन पाउने छैनन्।

कपिलवस्तुमा हालसम्म १५ जना कोरोना संक्रमित फेला परेका छन्। सोमबार मात्रै यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका छन्।

प्रकाशित: May 11, 2020| 16:09 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।