शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारका विषयमा निर्णय लिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज आइतबार पनि छलफलमा जुट्ने भएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं– मन्त्रिपरिषद् विस्तारका विषयमा निर्णय लिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज आइतबार पनि छलफलमा जुट्ने भएका छन्।  

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने तय भएको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका साथै अन्य समसामयिक विषयमा छलफल हुने एक कांग्रेसका नेताले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवा आजै वा भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्। 

प्रधानमन्त्रीमा नियुक्त भएको २ महिना बित्नै लाग्दा समेत अझै मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ। माधव नेपाल नेतृत्वको नेकपा समाजवादी र उपेन्द्र यादव नेतृत्वको जसपाले दल विभाजन गर्न सहज हुने अध्यादेश किनारा नलागी मन्त्रिपरिषद् विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सकसमा परेका छन्। 

शुक्रबारको बैठकमा नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको थियो भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको थियो। देउवाले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने र दुई दुई जनाको भए पनि नाम दिन माओवादी केन्द्र, नेकपा समाजवादी र जसपासँग आग्रह गरेका थिए। 

यस्तै आजको बैठकमा एमालेको अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा छलफल हुने भएको छ। सत्तारुढ दलका शीर्ष नेताहरुको शुक्रबारको बैठकमा एमालेसँग छलफल गरेर अघि बढ्ने समझदारी भएको थियो।

प्रकाशित: Sep 12, 2021| 10:40 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...