शनिबार, भदौ ६, २०८३

'किट पर्याप्त छ, पीसीआरलाई विशेष प्राथमिकता दिन्छौं'

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पीसीआर प्रविधि परीक्षणलाई प्राथमिकता राखेको बताएका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पीसीआर प्रविधि परीक्षणलाई प्राथमिकता राखेको बताएका छन्।

मन्त्रालयमा आज आयोजित संघीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा कार्यक्रम सुझाव संकलनका क्रममा उनले पीसीआर परीक्षणका लागि पर्याप्त किट भएकोसमेत जानकारी दिए। उनले भने, ‘अहिले सरकारसँग पर्याप्तमात्रामा पीसीआर किट रहेकोे छ। २० हजार चीन र ३० हजार स्विट्जरल्याण्ड सरकारले उपलब्ध गराएको छ।

मन्त्री ढकालले बढी जोखिम देखिएका उदयपुर, पर्सा र नेपालगञ्जमा मन्त्रालयबाट विशेष टोली परिचालनसमेत भएको जानकारी दिए। ढकालले प्रदेशमा समान रुपले परीक्षण किट पठाइएको भन्दै बढी संवेदनशील ठाउँमा केन्द्रबाट नै विशेष टोली खटाइएको बताए।

प्रकाशित: May 08, 2020| 16:39 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।