शनिबार, भदौ ६, २०८३

प्रदेश १ बाट ८ संक्रमित निको भएर घर फर्किए

प्रदेश १ बाट आठ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

इटहरी– प्रदेश १ बाट आठ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन्।

मोरङको विराटनगरस्थित कोशी अस्पतालमा रहेको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका ८ बिरामी निको भएर घर फर्किएका हुन्।

अस्पतालबाट घर फर्किनेमा उदयपुरका अजाद आलम, मो. परबेज आलम, मुख्तार मियाँ र रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन्। उनीहरू सबै उदयपुर, त्रियुगा नगरपालिका–३, भुल्केबाट संक्रमित भएर अस्पताल भर्ना भएका हुन्।

दुई पटकको थ्रोट स्वाब परीक्षण (पीसीआर) रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालकी मेडिकल सुपेरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन्।

अस्पतालबाट बिदा भएकाहरूले क्वारेन्टिनमा बस्नुपर्नेछ । उनीहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि दिएर पठाएको छ।

डिस्चार्ज भएकामध्ये ७ जनालाई विराटनगर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ।

योसँगै अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ पुगेको छ। यसअघि ६ जना संक्रमित पनि डिस्चार्ज भएका थिए।

अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन्।

प्रकाशित: May 08, 2020| 14:15 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।