शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगन्जमा निषेधाज्ञा खुकुलो, दिउँसो चार घन्टा अत्यावश्यक व्यक्तिले हिँडडुल गर्न पाउने

नेपालगन्जमा निषेधाज्ञा खुकुलो, दिउँसो चार घन्टा अत्यावश्यक व्यक्तिले हिँडडुल गर्न पाउने

बाँकेको नेपालगन्जमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

बाँके– बाँकेको नेपालगन्जमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायका अनुसार बिहीबार बसेको सर्वपक्षीय बैठकले शुक्रबारदेखि दिउँसो चार घन्टाका लागि निषेधाज्ञा खुकुलो बनाइएको जानकारी दिए।

“बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सेवाका व्यक्तिका लागि निषेधाज्ञा खुकुलो बनाइएको छ,” उनले भने।

सवारी साधनलाई भने पूर्ण निषेधित गरिएको कार्यालयले जनाएको छ।

नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले गत मंगलबार बिहान ११ बजेदेखि हिजो राति १२ बजेसम्म नेपालगन्जमा निषेधाज्ञा लागू गरेको थियो।

नेपालगन्जमा एकै बस्तीका २३ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

प्रकाशित: May 08, 2020| 10:23 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।