शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सयको नमुना संकलन

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सयको नमुना संकलन

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सय जनाको स्वाब परीक्षण (पीसीआर टेस्ट)का लागि नमुना संकलन गरिएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

बाँके– बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सय जनाको स्वाब परीक्षण (पीसीआर टेस्ट)का लागि नमुना संकलन गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय कोरोना संक्रमितको सम्पर्कमा आएका पाँच सय ९५ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय, बाँकेका कोभिड–१९ फोकल पर्सन नरेशमान श्रेष्ठले जानकारी दिए। “तीमध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,” उनले भने।

कार्यालयका अनुसार बाँकेमा हालसम्म थ्रोट स्वाबको नमुना संकलन गरिएका पाँच सय ९६ जनामध्ये चार सय १२ को नतिजा नेगेटिभ देखिएको छ। एक सय ८४ जनाको भने रिपोर्ट आउन बाँकी छ।

गत शुक्रबार ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको खोजी गरिएको थियो। त्यसक्रममा एकै बस्तीका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।

कोरोना संक्रमित गरी एउटै बस्तीका २३ जनामा कोरोना संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सहित चिकित्सकको टोलीले कन्ट्याक्ट ट्रेसिङ (संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी)को दायरा बढाएको थियो। अहिले उक्त टोली नेपालगन्जमै छ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा अहिलेसम्म पाँच सय ९५ जनाको र्‍यापिड टेस्ट (द्रूत परीक्षण) गरिएको छ। ती सबैको नतिजा नेगेटिभ आएको कार्यालयले जनाएको छ।

प्रकाशित: May 08, 2020| 09:43 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।