शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको आँखा छलेर मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

प्रहरीको आँखा छलेर मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

कोरोनाको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एक साताअघि भारतबाट प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेको खुलेको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एक साताअघि भारतबाट प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेको खुलेको छ।

नेपाल भारत नाका पूर्ण रूपमा सिल गरिए पनि कपिलवस्तुको मायादेवी गाउँपालिका २ का १६ वर्षीय र २२ वर्षीय युवक रातको समयमा लुकिछिपी नेपाल प्रवेश गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो ।

उनीहरु भारतको मुम्बईबाट हिँड्दै नेपालसम्म आइपुगेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

उनीहरु नेपाल प्रवेशको गरेको तीन दिनपछि प्रहरीले थाहा पाएको थियो। त्यसपछि उनीहरुलाई पक्राउ गरेर मायादेवी १ पकडीस्थित छत्रपाली तीर्थादेवी विद्यालयको क्वारेन्टिनमा राखिएको थियो ।

त्यसको दुई दिनपछि स्वाब संकलन गरेर परीक्षणका लागि ल्याइएको थियो । हिजो बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरूलाई हाल रूपन्देहीको कोरोना अस्पतालको आइसोलेसनमा राखिएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उनीहरूको परिवार, सम्पर्कमा रहेका व्यक्तिहरूको ट्रेसिङको काम शुरु गरेको छ।

प्रकाशित: May 08, 2020| 08:54 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।