शनिबार, भदौ ६, २०८३

बजेट अधिवेशन आजबाट, कोरोनाबाट बच्न यस्तो छ तयारी

कोरोनाको महामारीका बीच आज (शुक्रबार)बाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित बनाउन सांसद्हरुले पालना गर्नै पर्ने केहि नियम बनाइएको छ ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

काठमाडौं- कोरोनाको महामारीका बीच आज (शुक्रबार)बाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ ।

आजको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको सङ्घीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

आागामी जेठ ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको भएको छ भने आगामी जेठ १३ गते आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यतालिका छ।

यसैगरी जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले बजेट पेश गर्ने कार्यक्रम तय गरिएको छ।

यस्तो छ सांसदहरुले पालना गर्नुपर्ने आचारसंहिता

कोरोनाको महामारीकाबीच सुरु हुन लागको बजेट अधिवेशनलाई सुरक्षित बनाउन सांसद्हरुले पालना गर्नै पर्ने केहि नियम बनाइएको छ ।

जसमा सांसद्हरु बस्दा दुई सिट छाडेर बस्नु पर्ने, आफू पहिलो पटक जुन सिटमा बसेको छ, अर्को पटक त्यहि सिटमा बस्नु पर्ने, पीसीआर परिक्षणको रिपोर्ट देखाएर मात्रै बैठक कक्षमा प्रवेश गर्न पाइने व्यस्था मिलाइएको छ ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले स्वास्थ्य सुरक्षाका लागि विभिन्न मापदण्ड तयार पारेको छ ।

राष्ट्रियसभा बैठक कक्षमा अधिवेशन अवधिभर सांसद एउटै सिटमा बस्ने, प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रियसभा दलको नेताबाहेक अन्य सदस्यले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नुपर्ने छ।

संसद् भवनमा प्रवेश गर्दा र फर्कदा फरक ढोकाको प्रयोग गर्ने, क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने, संसद् भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिने, दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने, सञ्चारकर्मीलाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ।

यस्तै बैठक अवधिभर घरमा गई स्वयम् एकान्तवासको नियम सांसदहरुले अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। सबै सांसद् र कर्मचारीको पीसीआरको माध्यमबाट कोरोना परिक्षण गरिदैँछ ।

बिहीबार दुवै सदनका सांसद्, कर्मचारी तथा मर्यादापालक गरी ४४१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको आज (शुक्रबार) बिहान ८ः०० देखि १०ः०० बजेसम्म बानेश्वरस्थित संसद् भवन परिसरमै स्वाब सङ्कलन गरिँदैछ । सङ्कलित स्वाबको आज साँझसम्म रिपोर्ट सार्वजनिक गर्ने तयारी छ ।

प्रकाशित: May 08, 2020| 08:13 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।