मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अफ्रिकामा मात्रै कोरोनाबाट १ लाख ९० हजारको ज्यान जान सक्छ : डब्ल्यूएचओ

अफ्रिकामा मात्रै कोरोनाबाट १ लाख ९० हजारको ज्यान जान सक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण अफ्रिकामा झन्डै दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण अफ्रिकामा झन्डै दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।

बेलैमा रोकथामका उपाय नअपाउने हो भने कोरोना भाइरस महामारीको पहिलो वर्षमै अफ्रिकामा १ लाख ९० हजारको मृत्यु हुन सक्ने डब्ल्यूएचओको एक अध्ययनले देखाएको बीबीसीले जनाएको छ।

यो अनुमान अफ्रिकाका ४७ देशमा यही मार्चमा गरिएको अध्ययनका आधारमा गरिएको हो। अल्जेरिया, दक्षिण अफ्रिका तथा क्यामरुनमा रोकथामका उपायमा ध्यान नदिइएको खण्डमा भयावह स्थिति आउन सक्ने चेतावनी डब्लुएचओले दिएको छ।

ठूलो संख्यामा मानिसहरु अस्पताल पुगेको खण्डमा आउने दिनमा स्वास्थ्य सेवा चुनौतीपूर्ण हुने उसले बताएको छ।

डब्ल्यूएचओले अस्पतालले आफ्नो क्षमता बढाउनुपर्नेमा पनि जोड दिएको छ। अफ्रिकी क्षेत्रमा प्रति दस लाख जनसंख्या बराबर जम्मा ९ वटा आईसीयू बेड उपलब्ध छ।

अफ्रिका क्षेत्रका लागि डब्लुएचओका निर्देशक डा. मेत्सिडिसोले भनेका छन्, ‘जबसम्म सरकारले सक्रियता देखाएर नियन्त्रण र रोकथामका प्रयास सुरु गर्दैनन्, तबसम्म अफ्रिकाबासीको जीवन खतरामै रहन्छ। टेस्ट, ट्रेस र आइसोलेसन जरुरी छ।’

प्रकाशित: May 08, 2020| 05:20 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।