जनकपुरधाम– कोरोना ‘योद्धा’लाई धन्यवाद दिन जनकपुरमा दीप प्रज्वलन गरिएको छ।
जनकपुर युवा समाजको अगुवाइमा युवाहरूले कोरोना योद्धाप्रति सम्मान प्रकट गर्न स्थानीय रामानन्द चोकमा बिहीबार साँझ दीप प्रज्वलन गरेका हुन्।
बुद्ध जयन्तीको अवसर पारेर कोरोनाविरुद्ध अग्रमोर्चामा खटिइरहेकालाई सम्मान व्यक्त गर्दै धन्यवाद दिन दीप प्रज्वलन गरिएको उनीहरूले बताएका छन्।
दीप प्रज्वलन गरेर कोरोना महामारीविरुद्ध अहोरात्र लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतप्रति सम्मानका साथै धन्यवाद दिने प्रयास गरेको युवाहरूले बताएका छन्।
दीप प्रज्वलन कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो।