शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कपिलवस्तुमा भेटिए दुई नयाँ संक्रमित, जम्मा संख्या १०१

कपिलवस्तुमा भेटिए दुई नयाँ संक्रमित, जम्मा संख्या १०१

आज (बिहीबार) बेलुका कपिलवस्तुमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं- आज (बिहीबार) बेलुका कपिलवस्तुमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा संक्रमण पाइएको हो। योसँग कोरोना भाइरसबाट संक्रमितको संख्या नेपालमा १०१ पुगेको छ।

उनीहरुको स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ।

कपिलवस्तुमा कोरोना संक्रमित भेटिएको पहिलो पटक हो। यसअघि छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण भेटिएको थियो। 

नेपालमा कोरोना संक्रमितमध्ये १९ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित: May 07, 2020| 21:05 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।