वीरगञ्जमा बुधबार एकै परिवारका १७ जना कोरोना संक्रमित फेला परेसँगै परीक्षण तीव्र बनाउने बताइए पनि वर्षाका कारण उल्लेख्य मात्रामा नमुना संकलन हुन सकेन।
आज (बिहीबार) दिनभर परेको पानीका कारण संक्रमित भेटिएको एरियाका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि नमुना संकलन गर्न नसकिएको नारायणी अस्पतालले जनाएको छ ।
किट अभाव भएकाले समेत पर्याप्त मात्रामा पीसीआर टेष्ट गर्न नसकिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए । भोलि (शुक्रबार) एक हजार किट पठाउने स्वास्थ्य मन्त्रालयलेले आश्वासन दिएको उनले जानकारी दिए।
कोरोना संक्रमितको संख्या बढेसँगै वीरगञ्जमा लकडाउन कडा पारिएको छ। केही दिन अघिसम्म विभिन्न बहाना बनाई ओहोरदोहोर गर्नेहरुलाई पूर्ण रुपमा रोकिएको प्रहरीले जनाएको छ।