मंगलबार, असार ३०, २०८३

टेबलटेनिसको अनलाइन परीक्षामा ३ अम्पायर उत्तीर्ण

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) ले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अम्पायर परीक्षाको नतिजा प्रकाशित भएको छ। परीक्षामा नेपालका ३ जना अम्पायर उत्तीर्ण भएका छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) ले सञ्चालन गरेको अन्तर्राष्ट्रिय अम्पायर परीक्षाको नतिजा प्रकाशित भएको छ। परीक्षामा नेपालका ३ जना अम्पायर उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेका छन्। अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले उनीहरु उतीर्ण भएको बताएका छन्।

आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएको थियो। जसमा तीन जना मात्र उत्तीर्ण भएका हुन्।

५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे। उत्तीर्ण न्यूनतम हुन ३८ अंक चाहिने भएकाले नरेशले त्यत्ति नै अंक ल्याएका थिए।

प्रकाशित: May 07, 2020| 19:27 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।