शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, मोदीले बोलाए आपतकालीन बैठक

भारतमा ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, मोदीले बोलाए आपतकालीन बैठक

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भेइरहेको बीबीसीले जनाएको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

एलजी पोलिमर कारखानामा बिहान स्थानीय समयअनुसार तीन बजे उक्त दुर्घटना भएको थियो। मानिसहरू सुतिरहेको समयमा उक्त ग्यास लिक भएको हो। दुर्घटनाको मारमा परेका मानिसहरुमा आँखा पोल्ने र श्वासप्रश्वासमा अप्ठ्यारो हुनेजस्तो समस्या देखिएको छ।

एलजी कम्पनीले अहिले यो घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसबाट प्रभावित भएका मानिसको शीघ्र उपचारको प्रयास पनि भइरहेको बताएको छ। यसै विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन्।

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको कारण कारखाना गत मार्च २४ देखि बन्द थियो। लकडाउनमा केही छुट दिइएसँगै यो कारखाना खुलेको थियो। कारखाना खुलेसँगै दुर्घटना भएको छ।

प्रकाशित: May 07, 2020| 19:21 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।