शनिबार, भदौ ६, २०८३

कांग्रेस मुख्य कार्यालयमा सहकारीका विज्ञसँग छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण नेपालले सामना गर्नुपरेका समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्नसक्ने भूमिकाबारे विज्ञहरुसँग छलफल गरेको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण नेपालले सामना गर्नुपरेका समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्नसक्ने भूमिकाबारे विज्ञहरुसँग छलफल गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज कांग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थिति र पार्टीका केन्द्रीय सदस्य एवं वित्तीय तथा सहकारी संस्था समन्वय केन्द्रीय विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा सहकारी क्षेत्रका विज्ञहरुसँग सो विषयमा छलफल भएको पार्टी कार्यालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेललगायत सहकारी क्षेत्रका विज्ञले कोरोनाका कारण अर्थतन्त्रमा परेको समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्नसक्ने योगदानका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

कांग्रेसले पछिल्लो समयमा कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव र समाधानका अल्पकालीन एवं दीर्घकालीन उपायकाबारेमा विभिन्न क्षेत्रका विज्ञहरुसँग नियमित छलफल गर्दै आएको छ ।

कांग्रेसले बुधबार कोरोनाका कारण विविध क्षेत्रमा परेको असरबारे अध्ययन, विश्लेषण एवं दृष्टिकोण निर्माण गर्न पार्टीका नेता डा रामशरण महतको संयोजकत्वमा पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगमा पूर्वउपाध्यक्षलगायत विज्ञ सदस्य रहेको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेको थियो ।

रासस

प्रकाशित: May 07, 2020| 19:17 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।