मंगलबार, असोज २०, २०८३

गौशालामा एम्बुलेन्स र निजी कार ठोक्किए

काठमाडौंको गौशालामा आज (बुधबार) एम्बुलेन्सले निजी कारलाई ठक्कर दिँदा कार चालक सामान्य घाइते भएका छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौंको गौशालामा आज (बुधबार) एम्बुलेन्सले निजी कारलाई ठक्कर दिँदा कार चालक सामान्य घाइते भएका छन्।

दिउँसो साढे ३ बजेतिर गौशालास्थित सडक खण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरिीत दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो। दुवै सवारीसाधनमा क्षति भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

निजी कार चालक गोंगबुका २९ वर्षीय सविन श्रेष्ठ र एम्बुलेन्स चालक मोरङ पथरीका ३६ वर्षीय राम बहादुर चौधरीले मादक पदार्थ सेवन गरेको र लाइसेन्स पनि नभएको पाइएको छ।

दुवै सवारीसाधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छन्।

प्रकाशित: May 07, 2020| 17:30 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।