शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगन्ज, वीरगन्ज र उदयपुरमा स्वाब संकलन गर्न काठमाडौंबाट टोली खटाइयो

नेपालगन्ज, वीरगन्ज र उदयपुरमा स्वाब संकलन गर्न काठमाडौंबाट टोली खटाइयो

उदयपुर, नेपालगन्ज र वीरगन्जमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा स्वाब संकलनका लागि सरकारको टोली त्यसतर्फ गएको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

उदयपुर, नेपालगन्ज र वीरगन्जमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा स्वाब संकलनका लागि सरकारको टोली त्यसतर्फ गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरमा कम्तीमा ५ सय, नेपालगन्जमा १ हजार र वीरगन्जमा १ हजार जनाको स्वाब लिनको लागि टोली परिचालन गरिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा संक्रमितको आधारमा हटस्पट बनेका ती क्षेत्रमा परीक्षणको दायरा बढाउन टोली परिचालन गरिएको बताए ।

हाल नेपालमा ९९ जना संक्रमित छन्। जसमध्ये ७१ पुरुष र २८ जना महिला रहेका छन् । संक्रमितमध्ये १९ जना उपचारपश्चात् निको भएका छन् भने संक्रमण मुक्त भएका भनिएका ३ जनामा पुनः कोरोनो पोजेटिभ देखिएपछि विभिन्न अस्पतालमा उपचाररत छन् ।

त्यस्तै अन्य संक्रमितहरु रुपन्देहीमा १ जना, नेपालगन्जमा २३ जना, विराटनगरमा २३ जना, वीरगन्जमा २६ जना, धनगढीमा १ जना र भरतपुरमा १ जना उपचाररत छन् ।

हालसम्म नेपालमा १४ हाजार ५ सय ९ जनाको पिसिआर परीक्षण गरिएको छ भने ५४ हजार ९३ जनाको एण्टीबडी परीक्षण गरिएको छ । बिहिबार नेपालभर १७ हजार ३ सय भन्दा बढी क्वारेन्टिनमा छन् भने १ सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: May 07, 2020| 17:07 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।