मंगलबार, असोज २०, २०८३

राहतका नाममा कुहिएको चामल वितरण

कालिकोटको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

सुर्खेत- कालिकोटको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ।

रास्कोट नगरपालिकाले विपन्न नागरिकलाई कुहिएको चामल दिएको हो। नगरपालिकाले वडा नम्बर ९ मा वितरण चामल कुहिएको भेटिएको छ।

स्थानीय महेश बरालका आफन्तलाई बाँढेको चामल कुहिएको भेटिएपछि स्थानीयले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन्।

यता नगरपालिकाले भने नागरिकलाई कुहिएको चामल बाँढ्ने नियतभन्दा पनि खरिद गर्ने बेला नै कुहिएको परेको जनाएको छ।

नगर प्रमुख काशिचन्द्र बरालले १२ सय बोरा चामलमध्ये ३ बोरा चामल कुहिएको चामल परेको बताएका छन्। 

‘१२ सयमध्ये ३ कठ्ठा खराबी भेटियो’ उनले भने, ‘कुहिएको चामल बाँढ्ने हाम्रो नियत होइन तर खरिद गर्ने बेला त्यस्तै परेछ।’

कुहिएको चामल फिर्ता गरेर राम्रो चामल दिएका नगरपालिकाले जनाएको छ।

प्रकाशित: May 07, 2020| 16:50 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।