शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हावाहुरीले टावर भत्काउँदा एनटिभी र रेडियो नेपालको प्रादेशिक प्रसारण अवरुद्ध

हावाहुरीले टावर भत्काउँदा एनटिभी र रेडियो नेपालको प्रादेशिक प्रसारण अवरुद्ध

बुधबार बिहान आएको हावाहुरीले सुर्खेतको हर्रेमा रहेका नेपाल टेलिभिजन (एनटीभी) र रेडियो नेपालको टावरमा क्षति पुगेको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

सुर्खेत- बुधबार बिहान आएको हावाहुरीले सुर्खेतको हर्रेमा रहेका नेपाल टेलिभिजन (एनटीभी) र रेडियो नेपालको टावरमा क्षति पुगेको छ।

हावाहुरीले रिले स्टेसनको टावर ढालेपछि पश्चिमको प्रसारण अवरुद्ध भएको रिले स्टेसन हर्रेका प्राविधिक मोहन खत्रीले जनाए।

रेडियो र टेलिभिजनको एन्टिना भाँचिएपछि प्रसारण अवरुद्ध भएको हो। टावर निर्माण गर्न हप्ता दिन लाग्ने भएका कारण वैकल्पिक प्रविधिबाट रिले प्रसारण गर्ने प्रयास भइरहेको उनले जनाए।

टावर नबन्दासम्म मिडियम वेभ ५७६ किलो हर्जबाट प्रसारण भइरहेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जनाइन्।

भेरीगंगा नगरपालिका ४ मा पर्ने हर्रे डाँडा सुर्खेतको सबैभन्दा अग्लो भाग हो। अग्लो भाग भएका कारण नेपाल टेलिकम, नेपाल टेलिभिजन, इन्टरनेट प्रदायक कम्पनी र विभिन्न रेडियोहरु रिले स्टेसन राख्दै राखेका छन्। चैत बैशाखको हावाहुरीले ती टावर र एन्टेनामा वर्षेनी ठूलो क्षति पुर्याउँदै आएको छ।

 

प्रकाशित: May 07, 2020| 16:35 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।