शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्रको चेक प्वाइन्टमा भारतीयद्वारा ढुंगामुढा, प्रतिकारमा हवाई फायर

सशस्त्रको चेक प्वाइन्टमा भारतीयद्वारा ढुंगामुढा, प्रतिकारमा हवाई फायर

कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपाल प्रवेशमा रोक लगाइएपछि भारतीय नागरिकले बारास्थित सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा प्रहार गरेका छन्।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपाल प्रवेशमा रोक लगाइएपछि भारतीय नागरिकले बारास्थित सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा प्रहार गरेका छन्।

कबहीगोठस्थित नेपाल–भारत सिमानामा सशस्त्र प्रहरी बलको चेक प्वाइन्टमा भारतीयले ढुंगा हानेका हुन्। प्रतिकारमा सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठले दुई भारतीय नागरिक गाडीमा नेपाल प्रवेश गर्न खोज्दा सशस्त्रले रोकेपछि उनीहरुले पूरै गाउँले जम्मा पारेर चोकपोस्टमा ढुंगामुढा प्रहार गरेको जानकारी दिए।

सीमावर्ती क्षेत्रमा खेतीपातीका नाममा भारतीयहरु निर्बाद आवतजावत गर्न खोज्छन्, प्रहरीले रोकेपछि प्रहरीमाथिनै जाइलाग्छन् श्रेष्ठले भने, सरकारको निर्णयअनुसार आवतजावतमा रोकिएको छ।

प्रहरीका अनुसार लकडाउनयता भारतीय नागरिकले नेपाल प्रवेश गर्न नपाउँदा सीमावर्ती जिल्लाका विभिन्न ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन्।

चैत १८ यता सीमानाकाबाट आवतजावत गर्न माग गर्दै सप्तरी, सिराहा, झापा, मोरङ, सर्लाही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि सांघातिक आक्रमण र दुर्व्यवहारसमेत हुने गरेको छ।

भारतीय भूमिबाट आएको भीडले प्रहरीका हतियार नै खोस्नेसम्मका गतिविधि गरेका छन्।

प्रकाशित: May 07, 2020| 16:24 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।